काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा १ बाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद हुन् ।
गुरुङको यो सरकारमा दोस्रो प्रवेश हो । गुरुङ यसअघि गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।
यस्तै पुन भने जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।
आईसीटी समाचार