कीवर्डहरू -

कम्पनी रजिस्ट्रारको कार्यालयद्वारा CAMIS प्रणाली अनिवार्य, यसरी लिन सकिन्छ सेवा

कम्पनी रजिस्ट्रारको कार्यालयद्वारा CAMIS प्रणाली अनिवार्य, यसरी लिन सकिन्छ सेवा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी सम्बन्धी सेवा लिन अबदेखि Company Administration and Management Information System (CAMIS) प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सूचना जारी गरेको छ ।

कार्यालयले सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी तथा प्रभावकारी बनाउन उक्त अनलाइन प्रणाली लागू गरिएको जनाएको छ । यस प्रणालीमार्फत कम्पनी दर्ता, विवरण अद्यावधिक, कागजात पेश लगायतका सबै सेवाहरू अनलाइनमार्फत नै प्रदान गरिनेछ ।

सूचनाअनुसार सेवाग्राहीले आफ्नै प्रयोगकर्ता खाता (User Account) बनाएर अनलाइनमार्फत निवेदन दिनुपर्नेछ । साथै, बिचौलियामार्फत सेवा नलिन कार्यालयले आग्रह गरेको छ ।

प्रणाली प्रयोगमा कठिनाइ हुने सेवाग्राहीका लागि आवश्यक सहजीकरण तथा सहयोगको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ । आवश्यक फाराम तथा निर्देशिका सम्बन्धित वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

कार्यालयका अनुसार CAMIS प्रणालीको पूर्ण कार्यान्वयनले सेवा प्रवाहमा पारदर्शिता बढाउने, ढिलासुस्ती कम गर्ने र प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । सम्बन्धित सबै पक्षलाई नयाँ प्रणाली अनुसार सेवा लिन र नियम पालना गर्न कार्यालयले अनुरोध गरेको छ ।

यसरी लिन सकिन्छ सेवा

null