कीवर्डहरू -

क्यारो आईपी टिभीको सेवा सुरू, १ वर्षको प्याकेजमा २०० एमबिपिएसको इन्टरनेटसँगै निःशुल्क सेटअप बक्स

क्यारो आईपी टिभीको सेवा सुरू, १ वर्षको प्याकेजमा २०० एमबिपिएसको इन्टरनेटसँगै निःशुल्क सेटअप बक्स

आईपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले आफ्नो सेवा सुरू गरेको छ ।  क्यारो टिभीमा २०० बढी लाइभ एचडी र एसडी खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल रहेका छन् । 

क्यारो टिभीले युट्युब सपोर्ट गर्ने सेटअप बक्स समेत उपलब्ध गराउने छ, जसमा गुणस्तरीय भिडियो, फ़ोर के, पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टिभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ ।   

कम्पनीको सेवा  काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा  विर्तामोडसम्म, पश्चिममा नेपालगंजसम्म,  पोखरा देखि वीरगंज लागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ । 

साथै क्यारो टिभीको सेवा २४ घण्टा सातै दिन सुचारु हुदैँ आएको छ । भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टिभी खरिदमा थप  १२ महिना बोनससंगै निःशुल्क  स्मार्ट सेटअप बक्स र   फाईभजी डुअल ब्यान्ड राउटरको साथै २०० एमबिपिएसको इन्टरनेट पनि पाउने छन् । 

थप जानकारीको लागि सम्पर्क न. ९८०१२३२३८८ मा कल गर्न सकिने छ । अथव कम्पनीको वेबसाइट www.carotvnepal.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सकिने छ ।