घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ’ अभियान सुरु गरेको घोषणा गरेको छ। यो अभियानमा ग्राहकहरूले विभिन अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान पाउनेछन् ।
ग्राहकहरूले बम्पर लक्की ड्रमा भाग लिई मिडेया ५१९ लिटर मल्टि(डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्छन् । मासिक लक्की ड्रमा मिडेया ८ किलो वासिङ मेसिन, र सुनिश्चित पुरस्कारको रूपमा वासिङ मेसिन र डीडी रेफ्रिजेरेटर राइस कुकर पाउन सक्छन्।
थप पुरस्कारहरूमा साइड बाई साइड मल्टी डोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट, र डिसवासरमा २ डिसवासर ट्याब्लेटहरू समावेश छन्। साथै, ग्राहकहरूले खरिदमा ३७ हजार ७०० नेपाली रूपैयाँसम्मको क्यासब्याकको मजा लिन सक्छन्।
भाग लिनको लागि, ग्राहकहरूले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी, आफ्नो खरिद दर्ता गर्नुपर्नेछ र यी उत्कृष्ट पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्न सक्छन्।