कीवर्डहरू -

प्रविधि र इनोभेसनको संयोजन सीईएस २०२५, के के घोषणा भए नयाँ प्रविधि ?

प्रविधि र इनोभेसनको संयोजन सीईएस २०२५, के के घोषणा भए नयाँ प्रविधि ?

कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सिईएस) २०२५ मा धेरै नयाँ प्रविधि र इनोभेसनहरूको घोषणा गरिएको छ । जनवरी ७ देखि ११ सम्म लस भेगसमा सञ्चालन भएको सीईएसमा विभन्न कम्पनीले नयाँ नयाँ प्रविधिहरू प्रस्तुत गरेका थिए । 

कार्यक्रममा विभिन्न अत्याधुनिक टेक्नोलोजी र इनोभेसनको संयोजन देख्न पाइएको थियो । तर, यस शोमा केही अनौठा ग्याजेटहरू पनि प्रस्तुत गरिएका थिए । आउनुहोस्, यस्तै केही ग्याजेटहरूको बारेमा आज हामी जानकारी दिदैछौं । 

स्विपिटको टोस्टर–जस्तो फोन चार्जर

null

स्विपिटले टोस्टरजस्तो देखिने एउटा युनिक चार्जिङ हब प्रस्तुत गरेको छ । यो डिभाइसले एक्सटर्नल ब्याट्री चार्ज गर्छ, जुन स्विपिटको लिंक फोन केसमा फिट हुन्छ । यसले प्रयोगकर्तालाई तार वा वायरलेस चार्जिङ स्टेसनको आवश्यकता बिना ब्याट्री सजिलै परिवर्तन गर्न अनुमति दिन्छ ।

अटोकीबोः रिट्र्याक्टेबल किबोर्ड

null

अटोकीबो एउटा यस्तो रिट्र्याक्टेबल किबोर्ड हो, जसले आफ्नो बटनहरूको तल ट्र्याकप्याड र नम्बर प्याड देखाउँछ । यो बिल्ट–इन क्यामेराको प्रयोग गरेर हातहरूको पोजिसन पहिचान गर्छ र स्वचालित रूपमा सेटअपहरूबीच स्विच गर्छ । यसले उपकरणहरूबीच हातको मूभमेन्ट कम गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्य राखेको छ । यसको मूल्य ७०० डलर तोकिएको छ ।

एलजीको एयरो–क्याट–टावरः एयर प्युरीफायर र क्याट टावरको संयोजन

null

एलजीको एयरो–क्याट–टावर एउटा एयर प्युरीफायर हो, जुन तपाईंको घरपालुवा बिरालोको लागि क्याट टावरको रूपमा पनि काम गर्छ । यसको क्याट टावर भागमा केही अनौठा सुविधाहरू पनि छन् । यसमा एउटा हीटेड स्पट छ, जुन बिरालाहरूलाई मनपर्छ ।

यसका अतिरिक्त, एयरो–क्याट–टावरको एउटा आर्म तौल मापन गर्ने स्केलको रूपमा पनि काम गर्छ । यो स्मार्ट उत्पादन एल्जी थिंक एपमार्फत जोड्न सकिन्छ, जसले बिरालोको तौल, निदाएको समयजस्ता जानकारी प्रदान गर्छ ।

रोबोरक सारोस जेड ७०ः चढ्न सक्ने र वस्तु उठाउने भ्याकुम क्लिनर

null

रोबोरकले नयाँ सारोस जेड ७० को साथ रोबोटिक भ्याकुम क्लिनर क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको छ । यस डिभाइसको अनौठो पक्ष भनेको यसमा एउटा आर्म (हात) छ, जुन यसको गोलो बडीभित्र लुकेको हुन्छ ।

यसले अन्य सामान्य भ्याकुम क्लिनरजस्तै काम गर्छ, तर यो आर्मले तपाईंलाई भुइँमा खसेका वस्तुहरू उठाउन मद्दत गर्छ । जस्तै, बाटोमा परेका चप्पल वा खसेका फोहोर उठाउन सक्छ। यो आर्मले रोबोटलाई भर्‍याङहरू चढ्नसमेत सहयोग गर्दछ। यद्यपि, यो सुविधा यस वर्षको अन्त्यतिर उपलब्ध हुनेछ ।

किरिनको इलेक्ट्रिक नुन चम्चा

null

यस वर्षको भान्साका सबैभन्दा नयाँ इनोभेसनमध्ये किरिनको इलेक्ट्रिक साल्ट स्पून पनि एक हो । यसको नामले नै जस्तो संकेत गर्छ, यसले कुनै अतिरिक्त नुन हाल्नु बिना नै तपाईंको खानाको स्वादलाई नुनिलो बनाइदिन सक्छ ।

किरिनले नयाँ प्रविधिको प्रयोग गरेको छ, जसले तपाईंको स्वाद ग्रन्थिलाई नुनको अनुभव गराउन साना इलेक्ट्रिकल पल्स प्रयोग गर्छ ।

यो उत्पादन नुनको मात्रा व्यवस्थापन गर्न चाहने व्यक्तिहरूका लागि विशेष उपयुक्त छ, जसले स्वादमा कुनै सम्झौता गर्नुपर्दैन् । यसमा ह्यान्डलमा नुनका स्तरहरूका लागि चार सेटिङहरू पनि छन् ।