सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको हो ।
यस क्याम्पमा ग्राहकहरूको एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सक्नेछन्।
यस अफरको मुख्य विशेषता भनेको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५०५ सम्मको छुट, एक्सचेन्जमा ५०५ सम्मको अतिरिक्त मूल्याङ्कन र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट दिने रहेको छ। यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन् । अब ग्राहकहरूले सीजी इलेक्सको वेबसाइट मार्फत आफैले आफ्नो सामानको मूल्याङ्कन गर्न सक्नेछन् ।
सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरूले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन्। सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्पादन र सेवा दिँदै आएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।