कीवर्डहरू -

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा सीजी चिम्नी र एलईडी बल्बको अनावरण गरिएको हो । 

उक्त कार्यक्रममा, सीजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू MCGCT90FLDC, CGCT75FLDC, CGCT90DBDX र CG–CT75YC आधिकारिक रूपमा अनावरण गरिएको छ । एचएसी फिल्टरलेस सिरिजमा ९० सेमी र ७५ सेमीमा उपलब्ध छ । 

१२५० एमथ्री पर आवरको उच्च सक्शन पावर, अटो क्लीन टेक्नोलोजी र मोशन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी रु. २६,५९० र रु. २५,७९० क्रमशः रूपैयाँमा उपलब्ध छन् । 

एचएसी फिल्टर शृङ्खलामा, CGCT90DBDX मोडेल CGCT90DB को लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई १३५० एमथ्री परआवरमा अपग्रेड गरिएको छ । यसको मूल्य २९ हजार १९० रूपैयाँ रहेको छ ।

तीनवटै मोडलहरू उत्कृष्ट रहेको र मोटर ५ वर्षको वारेन्टीसहित आउने कम्पनीले जनाएको छ । अनावरण गरिएको चौथो मोडेल CG–CT75YC हो जसको मूल्य रु. २२ हजार ३९० रहेको छ ।