कीवर्डहरू -

थापाथलीमा एक्सपेङ फ्ल्यागशिप शोरूमको उद्घाटन, जी ६ ईभी पनि सार्वजनिक

थापाथलीमा एक्सपेङ फ्ल्यागशिप शोरूमको उद्घाटन, जी ६ ईभी पनि सार्वजनिक

अटोमोबाइल ब्रान्ड एक्सपेङको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उद्घाटन गरेको छ । कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेङका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो फ्ल्यागशिप शोरूमको उद्घाटनसँगै एक्सपेङ जी ६ मोडलको लञ्च गरिएको छ । यसै उद्घाटन कार्यक्रममा पहिलो चरणका ग्राहकहरूलाई २५ वटा जी ६ गाडीहरू हस्तान्तरण पनि गरिएको छ ।

जी ६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण ई-एनक्यापमा ५ स्टार रेटिंग प्राप्त छ । यसका साथै एक्सपेङ जी ६ मा स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0, OTA अपडेट, XOS अपरेटिङ सिस्टम, र ८००V सुपर-फास्ट चार्जिङ प्रणाली समावेश छ ।

यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ । थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०:५० लोड रेशियो, एल्युमिनियम डाई-कास्ट बनावट्, र ९-डायमेंशन ब्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउँछ।

शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागशिप शोरूम भ्रमण गर्न र विद्युतीय सवारीको भविष्यको अनुभव गर्न आमन्त्रण गरेको छ।

देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजी मोटर्सको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो । सीजीएमले यस वर्षभित्रै ४० वटा स्थान सम्म सेवा केन्द्रहरु बढाउने र वर्तमानको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने लक्ष्य राखेको छ ।
 

सम्बन्धित समाचार