च्याटजीपीटी सर्च अब पहिलेभन्दा अझै एडभान्स भएको छ । केही दिनअगाडि मात्र कम्पनीले यसमा धेरै नयाँ फिचरहरू समावेश गरेको छ । च्याटजीपीटी सर्च अब सबै प्रयोगकर्ताका लागि पनि निःशुल्क उपलब्ध छ ।
यसमा थप गरिएका फिचरहरूले प्रयोगकर्ताको अनुभव त सुधार्नेछ नै, साथै अब केही यस्ता काम पनि गर्न सकिन्छ, जो पहिले सम्भव थिएनन् । यस एआईमा आधारित सर्च इन्जिनमा एक क्लिकमा समरी प्राप्त गर्न सकिन्छ ।
पहिले प्रयोगकर्ताहरूलाई जानकारीका लागि अन्य सर्च इन्जिनमा निर्भर रहनु पर्थ्यो । उदाहरणका लागि, गूगल क्रोम वा माइक्रोसफ्ट एजमा जानकारिका लागि सर्च गर्नुपर्थ्यो । तर अब प्रयोगकर्ताहरूले च्याटजीपीटीमै सिधै जानकारी खोज्न सक्छन् ।
क्रिसमसको अवसरमा च्याटजीपीटीले प्रयोगकर्ताहरूलाई एउटा विशेष फिचर उपलब्ध गराएको छ, जसलाई कम्पनीले ’सान्टा मोड’ नाम दिएको छ । यसमा प्रयोगकर्ताहरूले एआई च्याटबोटसँग कुरा गर्न सक्छन् ।
तपाईं यसमा कुरा गर्नुहुन्छ भने च्याटबोटले सान्टा क्लजको आवाजमा जवाफ दिन्छ । यो फिचर मोबाइल, वेब, र डेस्कटपमा उपलब्ध छ । यसमा प्रयोगकर्ताहरूले नयाँ प्रोजेक्टहरू बनाउने सुविधा पाउनेछन् । फरक–फरक प्रोजेक्टका लागि छुट्टाछुट्टै निर्देशन दिन सकिनेछ । साथै, प्रयोगकर्ताहरूले आफ्ना अघिल्ला च्याटहरूलाई पनि प्रोजेक्टमा समावेश गर्न सक्नेछन् ।
एडभान्स्ड भ्वाइस मोड
च्याटजीपीटीको एडभान्स्ड भ्वाइस मोडमा कम्पनीले धेरै अपग्रेडहरू समावेश गरेको छ, जसले प्रयोगकर्ता अनुभवलाई धेरै सुधार गरेको छ । यसमा प्रयोगकर्ताहरूले अब भिडियो र स्क्रीन शेयर गर्न सक्छन् । यस फिचरले कुराकानीलाई झन् धेरै इन्टरएक्टिभ बनाउनेछ । यो फिचर चाँडै नै पेड प्रयोगकर्ताहरूका लागि रोलआउट गरिने सम्भावना छ ।
गूगल क्रोमबाट के फरक छ?
च्याटजीपीटी सर्चको विशेष कुरा भनेको प्रयोगकर्ताहरूलाई कुनै विषयको जानकारी खोज्न छुट्टाछुट्टै लिंक खोज्नुपर्दैन् । उनीहरूले एउटै स्थानमा धेरै सामग्रीको समरी प्राप्त गर्छन्, जसले गर्दा जटिल विषयलाई बुझ्न सहज हुन्छ ।
राम्रो कुरा यो हो कि यो सबै काम ब्राउजरमै सम्पन्न हुन्छ । अर्कोतर्फ, गूगल क्रोममा कुनै कुरा थाहा पाउन धेरै लिंकहरू पढ्नुपर्छ, तर च्याटजीपीटी सर्चमा त्यस्तो गर्नुपर्दैन् ।