कीवर्डहरू -

च्याटजीपीटीलाई लाग्यो कपिराइटको आरोप, ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

च्याटजीपीटीलाई लाग्यो कपिराइटको आरोप, ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

 द न्यूयोर्क टाइम्सले गत बुधबार अमेरिकी अदालतमा ओपनएआई र माइक्रोसफ्ट विरुद्ध मुद्दा दायर गरेको छ । 

न्यूयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टको एक मोडलले कम्पनीका लाखौं लेखहरू सिकाउन प्रयोग गरेको  आरोप लगाएको छ, जसको लागि उनीहरूले टाइम्सबाट कुनै अनुमति लिएनन् ।

यसैका लागि न्यूयोर्क टाइम्सले ओपनएआई कपिराइटको मुद्दा हालेको छ । कम्पनीले अनुमति वा भुक्तानी बिना आफ्नो एआई च्याटबटमार्फत लेखहरू प्रयोग गरिरहेका छन् । 

टाइम्सले यस मुद्दामा क्षतिपूर्ति माग गरेको छ । अहिलेसम्म सेभ गरेको डाटा पनि डिलिट गर्नुपर्ने माग छ । कम्पनीले कति रकम क्षतिपूर्ति पाउने छन् भन्नेबारेमा कुनै जानकारी आएको छैन ।

अहिलेसम्म माइक्रोसफ्ट र ओपनएआईले यस बारेमा कुनै टिप्पणी गरेका छैनन् । द टाइम्सको रिपोर्ट अनुसार कम्पनीले ओपनएआई र माइक्रोसफ्टसँग कन्टेन्ट सम्झौता गर्ने प्रयास गरेको थियो, तर ओपनएआइले उनीहरूको टेक्नोलोजी रूपान्तरणात्मक रहेको र व्यावसायिक प्रणालीको आवश्यकता नभएको बताए ।