कीवर्डहरू -

चिनियाँ एआई प्लेटफर्म किमी के १.५ को धमाकेदार प्रवेश, अमेरिकी टेक दिग्गजहरूलाई चुनौती

चिनियाँ एआई प्लेटफर्म किमी के १.५ को धमाकेदार प्रवेश, अमेरिकी टेक दिग्गजहरूलाई चुनौती

अमेरिकी टेक कम्पनीहरूलाई चिनियाँ टेक कम्पनीहरूले एआईको मामिलामा जबरजस्त चुनौती दिइरहेका छन् । डिपसिक एआई पछि अब अर्को चिनियाँ एआई प्लेटफर्म बजारमा प्रवेश गरेको छ। यो एआई  किमि के १.५ नामले लञ्च गरिएको छ, जुन तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ । यस एआई प्लेटफर्मलाई लिएर भनिएको छ कि यो अमेरिकी एआई कम्पनी ओपनएआईको जीपटिी–४० र क्लाउड ३.५ सोनेट भन्दा एडभान्स छ । यहाँ हामी तपाईंलाई यस एआई प्लेटफर्मको विस्तृत जानकारी दिइरहेका छौं ।  

किमी के १.५ के हो?  

किमी के १.५ चिनियाँ स्टार्टअप कम्पनी मुनसटको एआई प्लेटफर्म हो । यो कम्पनीले भर्खरै सार्वजनिक गरेको हो । यसलाई प्रयोगकर्ताका कुनै पनि प्रश्नको जवाफ दिनका लागि डिजाइन गरिएको छ । यसको सीधा प्रतिस्पर्धा ओपन एआई ०१ सँग छ । भनिएको छ कि यो प्रयोगकर्ताको सोधिएको प्रश्न पहिले बुझ्छ र त्यसपछि मात्र प्रतिक्रिया दिन्छ ।  

विशेषता  

– प्रश्नहरूको जवाफ दिनुका साथै यो एआई प्लेटफर्म गणितका समस्याहरू समाधान गर्न सक्षम छ ।  
– यस एआई मोडेल कोडिङ र अन्य काममा पनि छिटो लोकप्रिय बन्दै गएको छ ।  
– यो फोटो र भिडियो बुझ्न सक्ने क्षमतासमेत राख्छ ।  

किमी के १.५ एआई मोडेल रिइन्फोर्समेन्ट लर्निङ टेक्नोलोजीमा निर्भर छ, जबकि अन्य एआई मोडेलहरू स्थिर डाटासेटमा आधारित हुन्छन् । यही कारणले गर्दा यो मोडेल तर्क सम्बन्धी समस्याहरूलाई सजिलै समाधान गर्न सक्छ ।  

– यो मोडेल एक्सप्लोरेशन र प्रयोगकर्ताका प्रतिक्रिया मार्फत निरन्तर सिकिरहन्छ ।  
– जटिल समस्याहरूलाई साना–साना चरणमा ब्रेक गरेर समाधान गर्छ ।   
– यसले तर्क गर्ने क्षमतालाई पनि सुधार गरिरहन्छ ।  
– टेक्स्टका साथै यो मोडेल भिजुअल, कोडिङ र विभिन्न प्रकारका फाइल फम्र्याटहरूलाई पनि बुझ्न सक्छ ।  

डेभलपरहरूले दाबी गरेका छन् कि किमी के १.५ मोडेल ओपनएआईको जीपीटी–४० र क्लाउड सोनेट ३.५ भन्दा उत्कृष्ट छ ।  

के चीन अमेरिका भन्दा अघि बढ्ला?

कहिल्यै अमेरिकी टेक कम्पनीहरूले सरकारी प्रतिबन्धका कारण चिनियाँ कम्पनीहरूलाई एआई चिपसेट र टेक्नोलोजी साझेदारी गर्न मानेका थिएनन्। तर अहिले चिनियाँ कम्पनीहरूले लगातार आफ्ना एआई मोडेलहरू सार्वजनिक गरिरहेका छन् ।  

– यी कम्पनीहरूले आफ्ना एआई मोडेलहरू मार्फत अमेरिकी टेक कम्पनीहरूको एआई प्रभुत्वलाई कमजोर बनाइरहेका छन् ।  
– चिनियाँ एआई कम्पनीहरूको एआई मोडेलको लागत अमेरिकी कम्पनीहरूको तुलनामा धेरै कम छ ।  
– डिपसिक लञ्च हुने बित्तिकै विश्वकै ठूला चिप कम्पनी एनभिडियाका सेयरहरूमा ठूलो गिरावट देखियो ।