कीवर्डहरू -

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । 

परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।

कक्षा १२ को नतिजा नेपाल टेलिकमको विभिन्न माध्यमबाट हेर्न सकिने छ । कक्षा १२ को नतिजा टेलिकमको आईभीआर, एसएमएस, युएसएसडी तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।

१६०१ मा फोन गरेर, NEB लेखेर एक स्पेश दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस पठाउन सकिने छ । 

नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत मार्कसिटसहितको नतिजा सजिलै थाहा पाउन सकिने छ । अनलाइनमा नतिजा आउन भने केही समय लाग्ने छ ।