कीवर्डहरू -

क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट

क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ जीबिपिएसको  इन्टरप्राइज प्रो इन्टरनेट स्पीड सार्वजनिक गरेको छ। 

यसमा पब्लिक आईपी एड्रेस, एलटु सपोर्ट, र वाईफाई सिक्स राउटर निःशुल्क रहेको छ ।  विशेष गरि धेरै प्रयोगकर्ता भएको  व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो ।

साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेट मा जोडिदा प्राय स्पीड कम हुने रकन्जेसन हुने भएकोले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पीड को माग अनुसार एक जीबीपीएसको इन्टप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो ।  

१ जीबिपिएसको मूल्य अहिले अफरमा मासिक ७ हजार २९९ रूपैयाँबाट सुरू हुनेछ । यति मात्र नभई ५०० एमबिपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको हो । यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँ लगायत देशको प्रमुख सहरहरुमा सेवा सुचारु भइ सकेको कम्पनीले बताएको छ ।