कीवर्डहरू -

एससीटी र पायोनियर असोसिएट्सबीच सहकार्य

एससीटी र पायोनियर असोसिएट्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र दशकौँ देखि बिभिन्न वित्तिय संस्थाहरुलाई बिभिन्न डिजिटल सेवा प्रदान गर्दै आएको पायोनियर असोसिएट्बीच ‘कोसिस’ सिस्टमको प्रयोग गर्ने सम्झौता भएको छ ।

पायोनियर असोसिएट्को कार्यालयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस् टेक्नोलोजिज् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियर असोसिएट्सका प्रबन्ध निर्देशक पायोनियर खड्काबिच सम्झौतामा हस्ताक्षर भएको हो । 

बिगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्क्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा र स्मार्ट क्युआर ब्राण्डमा क्युआर मार्फत भुक्तानी सेवा दिदैँ आएको छ ।

यस सहकार्यसँगै कार्ड र क्युआर मार्फत गरिने भुक्तानी सेवा सहकारी, लघुवित्त लगायतका संस्थाहरुमा विस्तार गर्न अझै सहज हुने दुवै पक्षको विश्वास रहेको छ ।