इन्स्टाग्रामले सन् २०१६ मा स्टोरीज फिचर लन्च गरेको थियो र त्यसपछि यसमा धेरै परिवर्तन गरिएको थियो ।
अब इन्स्टाग्राममा नयाँ फिचर आउने भएको छ । यो फिचर ल्याएपछि प्रयोगकर्ताले आफ्नो स्टोरीमा अन्य प्रयोगकर्ताको प्रोफाइल सेयर गर्न सक्नेछन् ।
नयाँ फिचर हाल परीक्षण भइरहेको छ र यसको विकासकर्ता (एलेक्स १९३ ए) ले एक्समा यसको बारेमा जानकारी दिएको छ । यो सुविधाले अवस्थित “एड टू स्टोरी“ सुविधा जस्तै काम गर्र्ने छ । यो फिचरको मद्दतले प्रयोगकर्ताहरुको फलोअर्स बढ्नेछ ।
नयाँ फिचरको स्क्रिनसट पनि सार्वजनिक गरिएको छ जसमा कुनै एक स्टोरीमा भ्यू प्रोफाइल देखिने गरेको देख्न सकिन्छ । स्टोरीजमा प्रोफाइल सेयर पनि २४ घण्टाको लागि मात्र हुनेछ ।