कीवर्डहरू -

युट्युबमा कमेन्ट पज फिचर सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

युट्युबमा कमेन्ट पज फिचर सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

गुगलको भिडियो सेयरिङ प्लेटफर्म युट्युबले क्रियटरहरूका लागि आफ्नो भिडियोहरूमा आउने कमेन्टहरूमा पूर्ण नियन्त्रण पाउने फिचर सार्वजनिक गरेको छ । 

युट्युबमा युट्युब कमेन्ट पज फिचर ल्याइएको छ । नामबाटै बुझ्न सकिन्छ, यस फिचरको सहयोगले भिडियोमा आउने कमेन्ट पज अर्थात् बन्द गर्न सकिन्छ ।

नयाँ सुविधाको साथ, कमेन्टहरू पूर्ण रूपमा बन्द गर्ने आवश्यकता हट्नेछ । यसका साथै क्रियटरहरूले कमेन्ट प्रकाशित हुनुभन्दा अगाडि नै होल्ड गर्ने सुविधा पनि पाउँछन् ।

युट्युब कमेन्ट पज सेटिङ सक्षम पार्दा, क्रियटरहरूले कमेन्टमा पूर्ण नियन्त्रण पाउनेछन् । भिडियो हेरिरहेका प्रयोगकर्ताहरूले चाहेर पनि नयाँ कमेन्ट गर्न सक्ने छैनन् । यद्यपि, यो सेटिङ सक्षम गर्दा पनि अघिल्लो कमेन्टहरू निश्चित रूपमा देखिने छन् ।


यसरी कमेन्ट पज सेटिङ प्रयोग गर्नुहोस्

सर्वप्रथम क्रियटरहरुले भिडियो लेबल कमेन्ट सेटिङमा जानु पर्छ । यसपछि, यहाँबाट पजको विकल्प चयन गर्न सकिन्छ । यो सेटिङ सक्षम भएपछि, दर्शकहरूले कमेन्ट पज गरिएको सूचना प्राप्त गर्र्नेछन् ।

नयाँ अपडेटको साथ, युट्युब क्रियटरहरुले टिप्पणी सेटिङमा अन, पज र अफ विकल्पहरू देख्नेछन् ।  कमेन्ट पज गर्ने यो विकल्प एपको वाच पेज, डेस्कटप र मोबाइलको युट्युब स्टुडियोमा क्रियटरहरूलाई उपलब्ध हुनेछ ।