कीवर्डहरू -

सिद्धार्थ बैंक र हार्ड रक क्याफे बीच सम्झौता: डिजिटल कारोबार प्रोत्साहन गर्न बैंक ग्राहकहरूलाई १० प्रतिशत छुट

सिद्धार्थ बैंक र हार्ड रक क्याफे बीच सम्झौता: डिजिटल कारोबार प्रोत्साहन गर्न बैंक ग्राहकहरूलाई १० प्रतिशत छुट

सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौं बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट  प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता अनुसार बैंकका ग्राहकहरूले दरबारमार्ग स्थित उक्त क्याफेमा अनलाईन बैकिंग गर्दा फुड र बेभरेज(नन्–अल्कोहलिक) मा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।