युरोपियन युनियन (ईयू) का उपभोक्ताहरूका लागि एउटा राम्रो खबर आएको छ । अबदेखि ईयूमा बिक्री हुने स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक डिभाइसहरूमा एक विशेष स्टिकर अनिवार्य रूपमा टाँसिनेछ, जसको नाम ईपीआरईएल स्टिकर हुनेछ ।
यो स्टिकरमा डिभाइसको ब्याट्री र ऊर्जासम्बन्धी दक्षता सम्बन्धी सम्पूर्ण जानकारी दिइनेछ । यो नियम २० जुन २०२५ देखि लागू हुनेछ । ईपीआरईएलको पूरा नाम हो - यूरोपियन प्रडक्ट रेजिस्ट्री फर एनर्जी लेबलिंग ।
यस स्टिकरलाई सामान्य भाषामा एनर्जी लेबल पनि भनिन्छ । यो लेबल उपभोक्ताहरूलाई कुन प्रोडक्ट बढी टिकाउ र ऊर्जा दक्ष छ भन्ने निर्णय लिन सहयोग गर्नेछ । यस लेबलमा तपाईंले निम्न जानकारीहरू हेर्न सक्नुहुनेछः
- डिभाइसको एनर्जी क्लास
- ब्याट्रीको जीवनकाल र क्षमतासम्बन्धी विवरण
- धूलो र पानीबाट सुरक्षा
- डिभाइसको झर्नाबाट सुरक्षा
- मर्मत गर्न सकिने क्षमता स्कोर
कसरी डिभाइसहरूमा लागू हुनेछ यो नियम?
यो नियम निम्न प्रकारका डिभाइसहरूमा लागू हुनेछः
- सबै प्रकारका स्मार्टफोनहरू (सेलुलर वा स्याटेलाइट नेटवर्कमा आधारित)
- इन्टरनेट वा थर्ड पार्टी एपहरू बिना प्रयोग गरिने फीचर फोनहरू
- ७ इन्चदेखि १७.४ इन्च स्क्रीन भएका ट्याब्लेटहरू
- ल्यान्डलाइन नेटवर्कमा जोडिने वायरलेस फोनहरू
नोटः फ्लेक्सिबल डिस्प्ले भएका मोबाइल र ट्याब्लेटहरू यो नियमबाट बाहिर रहनेछन् ।
नयाँ नियम किन आवश्यक भयो ?
युरोपियन युनियनले यो नियम ल्याउने कारण ग्राहकहरूले टिकाउ र ऊर्जा–दक्ष प्रोडक्टहरू खरिद गर्न सकून् भन्ने हो । साथै, यसले कम्पनीहरूलाई आफ्ना प्रोडक्टहरूमा गुणस्तर र पारदर्शिता कायम राख्न बाध्य बनाउनेछ ।
ईपिआरईएल स्टिकरसँगै ईयूूले ईको डिजाइन सम्बन्धी केही अतिरिक्त नियमहरू पनि तय गरेको छ, जसअनुसारः ब्याट्रीहरूले कम्तीमा ८०० पटक चार्ज÷डिस्चार्ज भएपछि पनि ८० प्रतिशत क्षमतामा काम गर्न सक्नुपर्नेछ ।
डिभाइसहरू झर्ने, स्क्र्याच, धूलो र पानीबाट सुरक्षित हुनुपर्नेछ । कम्पनीहरूले ७ वर्षसम्म स्पेयर पाट्र्स उपलब्ध गराउनुपर्नेछ ।
कम्तीमा ५ वर्षसम्म अपरेटिङ सिस्टम अपडेट उपलब्ध हुनुपर्नेछ । प्रोफेशनल मर्मतकर्ताहरूलाई आवश्यक सफ्टवेयर वा फर्मवेयरमा निष्पक्ष पहुँच दिनुपर्नेछ ।
यसको फाइदा के हुन्छ ?
ईयूको दाबी अनुसार, यस नियममार्फत सन् २०३० सम्म झण्डै १४ टेरावाट घण्टा ऊर्जा बचत गर्न सकिनेछ, र रिसाइकलिङको माध्यमबाट कच्चा स्रोतहरूको पनि राम्रो उपयोग सम्भव हुनेछ ।
अब युरोपेली संघमा बिक्री हुने सबै स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक डिभाइसहरूमा अनिवार्य रूपमा ईआरपिआरईएल स्टिकर लाग्नेछ, जसमा ब्याट्रीको आयु र ऊर्जा दक्षताको सम्पूर्ण विवरण रहनेछ ।