कीवर्डहरू -

डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता

डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ ।

आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि आईएफसीले एनसीएचएललाई नेशनल पेमेन्ट स्वीच (एनपीएस) को प्रारम्भिक रोलआउट लगायत कार्यान्वयनका लागि विभिन्न गतिविधिहरूमा प्राविधिक सहायता उपलब्ध गराउने छ । आईएफसीले मुख्य सञ्चालन नियमहरू, प्राविधिक तथा सुरक्षा मापदण्डहरूको समीक्षाका लागि एडभान्जरीको भूमिका निर्वाह गर्ने जनाइएको छ ।


एनसीएचएलको नयाँ डिजिटल पहल डिजाइन र सञ्चालन गर्न, क्रस बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ ।