कीवर्डहरू -

ईसेवा र फोनपोइन्ट्सको सहकार्य: एकीकृत लौयल्टी प्वाइन्ट्स र आकर्षक अफरहरूको पहुँच पाउन सकिने

ईसेवा र फोनपोइन्ट्सको सहकार्य: एकीकृत लौयल्टी प्वाइन्ट्स र आकर्षक अफरहरूको पहुँच पाउन सकिने

ईसेवाले फोनपोइन्ट्ससँग सहकार्य गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिईने लौयल्टी प्वाइन्टस् लाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियालाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ । 

फोनपोइन्ट्स एक एकृकीत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्नसक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न  र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोग गर्ने अवसर फोनपोइन्ट्सले प्रदान गर्दछ ।

फोनपोइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई “ फोनपोइन्ट्स” पनि भनिन्छ) आर्जन गर्न सक्नेछन् । फोनपोइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस् लाई एक ठाउँमा एकृकीत गर्दछ, जसले  प्रयोगकर्तालाई ती प्वाइन्टहरु प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।

फोनपोइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरू प्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ ।

फोनपोइन्ट्सका सिईओ सागर पौडेलको अनुसार, यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ । यो प्रक्रिया सिधै फोनपोइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछन् ।