कीवर्डहरू -

चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुँदै

चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुँदै

चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुने भएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजना र आईटी कम्पनी इन्फोडेभलपर्सको प्रायोजन, भैरव टेक्नोलोजी र आकाश डिजिटलको सहयोगमा काठमाडौंस्थित होटल याक एण्ड यतिमा आउँदो बिहीबार र शुक्रबार सहकारी डिजिटल कन्क्लेभ हुने भएको हो ।  

२ दिनसम्म सञ्चालन हुने कन्क्लेभ, सहकारीमा आईसीटी र डिजिटल प्लेटफर्मको प्रयोगसँगै यसको महत्त्व, आउन सक्ने चुनौती, डिजिटल रूपान्तरणको प्रक्रिया र नीतिगत ग्यापको विषयमा वृहत छलफल हुनेछ । 

कार्यक्रममा सहकारी संस्थाका नेतृत्व, आईटी विज्ञ, नीति निर्माता, सरकारी अधिकारी, सफ्टवेयर कम्पनी, आईटी सेवा प्रदायक, विद्यार्थी लगायतको सहभागीता रहने छ । 

कन्क्लेभमा सहकारीको डिजिटाइजिङ, डिजिटल प्रविधि, समाधान तथा चुनौती र नीति जस्ता विषयमा विज्ञको किनोट प्रस्तुती र प्यान संवाद हुने आयोजकको भनाइ छ । 

कन्क्लेभको अन्तिम दिन सन् २०३० सम्म डिजिटल सहकारी बनाउने सम्बन्धि प्रतिबद्धता समेत सार्वजनिक गरिने छ । यदी तपाई पनि यस कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।