कीवर्डहरू -

साइबर कनेक्ट २०२४ सम्पन्न

साइबर कनेक्ट २०२४ सम्पन्न

जेनस सोलुसन र नेपाल बैंकर संघको संयुक्त पहलमा आयोजना भएको साइबर कनेक्ट २०२४ काठमाडौंको म्यारियट होटलमा सम्पन्न भएको छ । एडब्लुएस (अमेजन वेब सर्भिसेज) शीर्ष प्रायोजक रहेको कार्यक्रममा साइबर सुरक्षाका विविध पाटामा छलफल भएको थियो । 

कार्यक्रम साइबर सुरक्षा विज्ञ निरन्जन कुँवरले क्वान्टम कम्प्युटिङ र यसको साइबर सुरक्षामा प्रभाव विषयमा र नोबिफोर एपीजेका कस्टोमर सक्सेस उपाध्यक्ष क्यारोलिन सूले हाम्रो विचार र क्रियाकलापले कसरी ह्याक र हाइज्याक हुन सक्छ भन्ने शीर्षकमा प्रस्तुति दिएका थिए । 

यसैगरी प्यालो आल्टो नेटर्वक्स, उत्तर भारत र नेपालका व्यावसायिक बिक्री प्रमुख अभिनव सक्सेनाले वित्तीय सेवा उद्यमलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए । 
साइबर कनेक्ट २०२४ “साइबर जोखिम व्यवस्थापन“ विषयमा प्यानल छलफल समेत सञ्चालन गरिएको थियो ।  

प्यानल छलफलमा वक्ताको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख प्रविधि र संचालन अधिकृत सुजीत श्रेष्ठ,   नेपाल बैंक लिमिटेडका निर्देशक विवेक राणा,  प्यालो आल्टो नेटर्वक्स, उत्तर भारत र नेपालका व्यावसायिक बिक्री प्रमुख अभिनव सक्सेना र नेपाल क्लियरिङ हाउस लिमिटेडका सिईओ निलेश मान प्रधान रहेका थिए । सेसनको सहजीकरण आईसीटी विज्ञ हेमपाल श्रेष्ठले गरेका थिए । 

कार्यक्रमको अन्त्यमा जेनेस सोलुसनका सीईओ अञ्जनी फुयालले साइबर सुरक्षा स्थायित्वलाई सुदृढ गर्न सामूहिक प्रयासको प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।