कीवर्डहरू -

साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने

साइप्रसबाटअब ईसेवामै रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फर र साइप्रसको जिएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै  साइप्रस  बसोबास तथा काम गर्दै आएका नेपालीहरूले जिएस क्यासलाइनको ४० शाखाहरूबाट नेपालमा ईसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स पठाउन सक्ने छन् ।

साथै जि.एस क्यासलाइनबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा ईसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।    

सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोइराला र जि.एस क्यासलाइनको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर गरेका थिए । ईसेवा मनि ट्रान्स्फर र जि.एस क्यासलाइन बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।