कीवर्डहरू -

आइफोन ट्र्याकिङ हुनबाट जोगिने कसरी ?

आइफोन ट्र्याकिङ हुनबाट जोगिने कसरी ?

हालै ह्वाट्सएपमा जिरो–क्लिक आक्रमणको खबर आएको थियो, जसमा कुनै लिङ्कमा क्लिक नगरी नै उपकरणलाई ह्याक गर्न सकिन्थ्यो । यो आइफोन प्रयोगकर्ताहरूका लागि पनि खतराको संकेत हो ।

एप्पलले स्वीकार गरेको छ कि आइफोन जासूसी सफ्टवेयर आक्रमणबाट पूर्ण रूपमा सुरक्षित छैन र उनीहरू आक्रमणको पहिचान भएमा प्रयोगकर्ताहरूलाई व्यक्तिगत सूचना पठाउँछन् । ट्र्याकिङको जोखिममा सामान्य प्रयोगकर्ताहरू पनि पर्न सक्छन् ।

एप्पलको सुरक्षामा सुधार भइरहे पनि आइफोन ट्र्याकिङबाट पूर्ण रूपमा सुरक्षित छैन् । यस्तो अवस्थामा, तल दिइएका चरणहरू अपनाएर आफ्नो आइफोन सुरक्षित राख्न सकिन्छ ।

आइफोन सुरक्षित राख्ने उपायहरू

आईओएस अपडेट गर्नुहोस्

सधैं आफ्नो आइफोनको पछिल्लो आईओएस अपडेट इन्स्टल गर्नुहोस् । एप्पलले नयाँ सुरक्षा सुधारहरू सार्वजनिक गरिरहन्छ, जसले नयाँ जासूसी सफ्टवेयर आक्रमणहरूबाट जोगिन मद्दत गर्दछ ।

 नियमित रूपमा रिस्टार्ट गर्नुहोस्

साइबर सुरक्षाविद्हरूका अनुसार, आइफोन समय–समयमा रिस्टार्ट गर्दा जासूसी सफ्टवेयरको पहुँच अस्थायी रूपमा अवरुद्ध हुन सक्छ । यसले जासूसी सफ्टवेयरलाई लामो समय लुकेर काम गर्नबाट रोक्न सक्छ ।

अज्ञात एपहरू र प्रोफाइलहरू हटाउनुहोस्

आफ्नो आइफोनको सेटिङमा गई ‘जेनेरल अनि त्यसपछि ‘भीपीएन एण्ड डिभाइस म्यानेजमेन्टमा गएर कुनै पनि अज्ञात प्रोफाइलहरू हटाउन सकिन्छ । साथै, ‘सेटिङ’ → ‘गोपनीयता र सुरक्षा’ → लोकेसन सर्भिसेजमा गई चेक गर्न सकिन्छ कि कुन–कुन एपहरूले तपाईंको लोकेसनको जानकारी पहुँच गरिरहेका छन् ।

आईक्लाउड पासवर्ड सुरक्षित राख्नुहोस्

आफ्नो एप्पल आईडी वा आईक्लाउड पासवर्ड कसैसँग साझा नगर्नुहोस् । यदि तपाईंलाई शंका लाग्छ कि कसैले तपाईंको आईक्लाउडबाट लगइन गरिरहेको छ भने, तुरुन्तै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् र दुई–चरण प्रमाणीकरण (२एफए) पनि सक्षम गर्नुहोस् ।

कसरी थाहा पाउने कि आइफोन ट्र्याक भइरहेको छ वा छैन?

बेलायतका पूर्व जासूस डेरेन स्ट्यान्टनका अनुसार, गुगलमा ट्र्याकिङ एपहरूको खोजीमा आठ प्रतिशतले वृद्धि भएको छ । उनले भने कि आइफोनलाई ट्र्याक गर्न सजिलो भएको छ, तर यसको पहिचान गर्न गाह्रो छ । यदि कसैले तपाईंको जासूसी गरिरहेको छ भने थाहा पाउन कठिन हुन्छ । यदि कानून प्रवर्तन निकायहरूले ट्र्याक गरिरहेका छन् भने थाहा पाउन झनै असम्भव हुन्छ । यद्यपि, केही संकेतहरूबाट थाहा पाउन सकिन्छ कि तपाईंको फोन ट्र्याक भइरहेको छ ।

ब्याट्री अत्यधिक तातिनु

यदि आइफोन धेरै प्रयोग नगरीकनै तातिरहेको छ भने, यो संकेत हुन सक्छ कि कुनै सफ्टवेयर ब्याकग्राउन्डमा तपाईंको डेटा पहुँच गरिरहेको छ ।

बिस्तारै अन वा अफ हुनु

यदि आइफोन अन वा अफ हुन सामान्यभन्दा धेरै समय लिन्छ भने, ब्याकग्राउन्डमा कुनै लुकेको जासूसी एप सक्रिय हुनसक्छ ।

डेटा प्रयोग अचानक बढ्नु

यदि डेटा वा वाईफाईको प्रयोग अचानक धेरै बढेको छ र तपाईंलाई यसको कारण थाहा छैन भने, कुनै ट्र्याकिङ एप चोरेर तपाईंको डेटा ट्रान्सफर गरिरहेको हुन सक्छ ।

यसका अतिरिक्त, केही व्यक्तिहरू अरूको आईक्लाउड लगइन विवरण थाहा पाएर उनीहरूको फोन ट्र्याक गर्न सक्छन् । स्ट्यान्टनका अनुसार, उनले यस्ता धेरै घटनाहरू देखेका छन्, जसमा प्रयोगकर्ताहरू आफ्ना जीवनसाथीको आईक्लाउडमा लगइन गरेर उनीहरूको जासूसी गरेका छन् ।