नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ । “ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ“ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रम मार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानको उपस्थिती रहेको थियो । उनले कार्यक्रममा आफ्नो मनतब्य ब्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिएका थिए । कार्यक्रम मार्फत आगामी दिनहरूमा इ–कमर्स सम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, माननीय अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिन सम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए । “विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो “, उनले भने ।
कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान प्रदान गर्नु थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।
दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरु ः
सेलर अफ दि ईयर २०२४ ः मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
कस्टमर च्वाइस अवार्ड ः म्हिचा
मनैदेखि नेपाली अवार्ड ः नेपाल टि एक्स्चेन्ज
दराज स्पेशल रिकग्निशन अवार्ड ः आर एन ईलेक्ट्रोनिक्स
टप न्यू एसएमई सेलर ः ईकमर्स बजार
टप ईमर्जिंग सेलर ः एभरस्को
टप सेलर— एफएमसीजी क्याटेगरी ः बिराट हेल्थकेयर ईन्डस्ट्रिज
फ्ल्याश सेल हिरो — एफएमसीजी क्याटेगरी ःज्यासमिन हाइजिन प्रडक्ट्स
क्याम्पेन हिरो — एफएमसीजी क्याटेगरी ः एयविबी
टप सेलर — फेशन क्याटेगरी ः शुज स्पट
फ्ल्याश सेल हिरो — फेशन क्याटेगरी ः ई—स्टोर्स
क्याम्पेन हिरो— फेशन क्याटेगरी ः फ्यानसेरा
टप सेलर— ईलेक्ट्रोनिक्स क्याटेगरी ः वानप्लस
फ्ल्याश सेल हिरो—ईलेक्टोनिक्स क्याटेगरी ः उक्स—एज
क्याम्पेन हिरो — ईलेक्टोनिक्स क्याटेगरी ः बोट ( टेलिटक )
टप सेलर — लाईफस्टाइल क्याटेगरी ः ई—मेला
फ्ल्याश सेल हिरो— लाईफस्टाइल क्याटेगरी ः एसपीएन‘स्
क्याम्पेन हिरो — लाईफस्टाइल क्याटेगरी ः कामाख्या डेकोर