डिपसिक आजको समयमा एक लोकप्रिय प्लेटफर्म बनेको छ । कम लागतमा एआई विकास गरेका कारण यस प्लेटफर्मले विश्वभर तहल्का मच्चाएको छ ।
यसैबीच धेरै मानिसहरूमा शंका चिनियाँ स्टार्टअपको डेटा पनि लीक हुन सक्ने शंका गरेका थिए । विज्ञ साइबर सुरक्षा अनुसन्धानकर्ताले डिपसिकको डेटा लीक भएको बताएका छन् ।
चिनियाँ स्टार्टअप डिपसिकका केही डेटा अनलाइन संसारमा सार्वजनिक पहुँचको लागि छोडिएको छ । यस डेटाबेसमा धेरै संवेदनशील विवरणहरू समावेश छन्, जसमा च्याट हिस्ट्री, गोप्य की र अन्य विवरणहरू रहेका छन् ।
समग्रमा, १ लाखभन्दा बढी डेटा लीक भएको बताइएको छ । तर यो लीक भएका डेटा कुन देशका प्रयोगकर्ताहरूको हो भन्ने कुनै जानकारी उपलब्ध छैन् ।
मिडिया रिपोर्टहरूको अनुसार, यो खुलेको डेटाबेस क्लिक हाउसमा देखिएको थियो, जुन ठूलो डाटासेटहरूलाई प्रक्रिया गर्नका लागि प्रयोग गरिन्छ । यो डेटाबेस कुनै पनि व्यक्ति बिना कुनै समस्या एक्सेस गर्न सक्छ ।
रिपोर्टमा उल्लेख गरिएको यो डेटा लीकलाई गम्भीर रूपमा लिइनुको कारण यो हो कि डिपसिक एक लोकप्रिय प्लेटफर्म हो । यो प्लेटफर्मले हालै मात्र आफ्नो यात्रा सुरु गरेको हो, र यस्ता एआई प्लेटफर्महरूमा आधारभूत सुरक्षा मापदण्डहरू हुनु अनिवार्य हुन्छ । आजको समयमा एआई विभिन्न कम्पनीहरू, व्यवसाय आदि लागि महत्वपूर्ण बनिसकेको छ ।
डिपसिक एक चिनियाँ स्टार्टअप हो र यसले हालै मात्र आर१ नामक मोडल लञ्च गरेको छ । डिपसिक आर१ एक रिजनिंग मोडल हो, जुन तीव्र रूपमा भाइरल भइरहेको छ । यस मोडललाई अगमेन्टेड रिजनिंग र एनालाईटिकल क्यापाबिलिटीका लागि तयार पारिएको हो।