कीवर्डहरू -

घट्यो डिजिटल वालेटबाट हुने कारोबार

घट्यो डिजिटल वालेटबाट हुने कारोबार

कात्तिक महिनामा डिजिटल वालेटबाट २० अर्ब २४ करोड ६० लाख रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा वालेटबाट २० अर्ब २४ करोड ६० लाख रूपैयाँ कारोबार भएको हो । 

तथ्यांक अनुसार गत असोजको तुलनामा कात्तिकमा हुने कारोबार घटेको छ । असोजमा २२ अर्ब ७९ करोड ६० लाख कारोबार वालेटबाट भएकोमा कात्तिकमा २० अर्ब २४ करोड ६० लाख रूपैयाँ कारोबार भएको हो । 

२०८० कात्तिकसम्म २ करोड ५ लाख ६७ हजार ४०१ जनाले डिजिटल वालेट प्रयोग गरिरहेका छन् ।