कीवर्डहरू -

हल्ट प्राइज एट आइओईको उद्यमशीलता श्रृंखलाको दोस्रो भागमा स्टार्टअप बारे छलफल

हल्ट प्राइज एट आइओईको उद्यमशीलता श्रृंखलाको दोस्रो भागमा स्टार्टअप बारे छलफल

हल्ट प्राइज एट आइओई पुल्चोक क्याम्पसले गत शनिबार उद्यमशीलता छलफल श्रृंखलाको दोस्रो भाग समापन गरेको छ  । शनिबार स्टार्टअप संस्कृति विषयमा बेलुकी साढे सात देखि जुममार्फत अनलाइन सञ्चालन भएको थियो ।

कार्यक्रममा ‘फ्रोकर’ नामक एपका संस्थापक सदस्यहले आफ्नो अनुभव शेयर गरेका थिए । यस बाहेक वक्ताको रूपमा फोनपेका उत्पादन व्यवस्थापक अक्षत सक्सेना, पेटीएमका व्यावसायिक विश्लेषक सौर्य सिंहका साथसाथै अमेजनका सफ्टवेयर डेभलपर अमोघ सक्सेना र प्राची पटेल उपस्थिति थिए । 

वक्ताहरूले स्टार्टअपलाई कसरी अगाडि बढाउने ? कसरी गर्ने लगायतका विषयमा आफ्ना अनुभव सहभागी माझ शेयर गरेका थिए ।