एआई भ्वाइस क्लोनिङ प्रविधि पछिल्ला केही वर्षहरूमा तीव्र गतिमा अगाडि बढेको छ । एआईपिआरएमका अनुसार, यो २०२४ को सबैभन्दा छिटो फैलिएको स्क्याम प्रविधिहरूमध्ये एक हो । ७०५ जनामा गरिएको असली आवाज सुन्दैछन् कि नक्कली भनेर छुट्याउन सक्दैनन् । एआईपिआरएमका संस्थापक क्रिस्टोफ सी सेंपरका अनुसार, “केवल तीन सेकेन्डको रेकर्डिङबाट नै तपाईंको आवाजको नक्कली वा क्लोन गरिएको बनाउन सकिन्छ ।”
एआई भ्वाइस स्क्याम कसरी चिन्ने?
पहिचानमा आधारित प्रश्नहरू सोध्नुहोस् : यदि कल गर्नेले आफू तपाईंको चिनेजानेको दाबी गर्छ भने, उसलाई त्यस्तो प्रश्न सोध्नुहोस् जसको उत्तर केवल तपाईको आफनै मान्छेले मात्र जान्दछ । वा पहिले नै कुनै सिक्रेट कोड तय गर्न सकिन्छ ।
कलको अवधिमा ध्यान दिनुहोस : स्क्यामरहरूले सामान्यतः क्लोन गरिएको आवाज धेरै छोटो समयका लागि मात्र प्रयोग गर्छन् ताकि शंका नहोस् ।
अपरिचित नम्बरबाट आएको कलमा सतर्क रहनुहोस् : यदि कुनै संस्था वा चिनेजानेको नाममा कल आयो भने, तुरुन्तै कल काटेर आफूले सुरक्षित सूचीमा राखेको नम्बर वा आधिकारिक नम्बरबाट पुनः सम्पर्क गर्नुहोस्।
आफ्नो आवाज सुरक्षित राख्नुहोस् : अनजान व्यक्तिलाई भ्वाइस नोट वा भिडियो नपठाउनुहोस् । “हेल्लो” जस्ता शब्द बारम्बार दोहोर्याउँदा पनि तपाईंको आवाजको क्लोन बनाउन सकिन्छ ।