कीवर्डहरू -

न्युज पोर्टल डिजाइनको तालिम दिदै ई-कमर्श साथी

न्युज पोर्टल डिजाइनको तालिम दिदै ई-कमर्श साथी

वेबसाइट तथा सफ्टवेयर डिजाइनमा काम गरिरहेको इकमर्श साथी प्रालिले न्युज पोर्टल डिजाइनको तालिम दिने भएको छ । न्युज पोर्टल वेबसाइट डिजाइनको १५ दिने आधारभूत तालिम दिने भएको हो । 

तालिममा न्युज पोर्टल वेबसाइट डिजाइनको आधारभूत ज्ञानका साथै समाचार लेखनसम्बन्धी आधारभूत ज्ञान, समाचार प्रकाशनको तरिका, विज्ञापन डिजाइन, न्युज पोर्टलको सुरक्षा, अनलाइन पत्रकारिताका कानुनी पक्षलगायतको बारेमा आवश्यक सीप विकास गराइने इकमर्श साथी प्रालिका सञ्चालक विजय कुमालले जानकारी दिए । 

कुमालका अनुसार १५ दिने तालिम चैत २९ गतेदेखि अनलाइनमार्फत सञ्चालन हुनेछ । दैनिक बेलुकी ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने सःशुल्क तालिममा अनुभवी पत्रकारहरुबाट आधारभूत समाचार लेखन तालिम प्रदान गरिनेछ भने सञ्चार माध्यम दर्ताको कानुनी प्रक्रियाका बारेमा पनि जानकारी र सहजीकरण गराइनेछ ।

तालिममा सहभागी हुनका लागि यहाँ क्लिक गरी फाराम भर्न सक्नु हुनेछ । तालिमको शुल्क ५२ सय रूपैयाँ तोकिएको छ ।