कीवर्डहरू -

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द भएका छन् ।

कम्पनीका संस्थापक ज्ञानेन्द्र खड्काले ग्यापु र जाम्न पूर्ण रूपमा बन्द भएको जानकारी दिएका हुन् । 

निर्धक्क भएर सुरक्षित साथ व्यापार गर्ने अवसर नभएसम्म कुनै पनि किसिमको उधम गर्न असहज महसुस गरिएकोले बन्द गर्ने निर्णयमा पुगेको खड्काले बताएका छन् । 

ग्याप डटकम कोरोनाको समयमा सुरू भएको थियो । सुरू भएको छोटो समयमै लोकप्रिय भएको ईकमर्स कम्पनी ग्यापु, लगानी र सामाजिक असुरक्षाको कारण देखाउँदै बन्द गरिएको हो ।

नेपालको स्टार्टअप इकोसिस्टममा ग्यापु र जाम्न डटकम बन्द हुनु दुखद भएको बताइएको छ ।