कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयमा आयोजना भएको ईपेक्स मेला सम्पन्न, २ हजार बढीले गरे अवलोकन

काठमाडौं विश्वविद्यालयमा आयोजना भएको ईपेक्स मेला सम्पन्न, २ हजार बढीले गरे अवलोकन

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने ईपेक्स मेला यस वर्ष पनि आयोजना गरेको छ । 

विभागसँगको सहकार्यमा सोसाइटी अफ इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियर्सले फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयको केन्द्रिय क्याम्पस धुलिखेलमा २ दिने इपेक्स सम्पन्न भएको हो । 

ईपेक्सको उद्घाटन काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ डीन प्रा.डा. मनिष पोखरेलले बताए । कार्यक्रममा बोल्दै पोखरेलले ईपेक्स जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई बजारसँग जोड्ने र क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

फागुन २३ र २४ गते टक शो, रोबो वार, रोबोट प्रतियोगिता एकुवा सुमो, गेमिङ प्रतियोगिता र प्रोजेक्ट प्रदर्शनी गरिएको थियो । कार्यक्रममा रोबोवारको विजेता सफ्टवेरिका कलेज भएको छ भने टिम बलियो दोस्रो र टिम जार तेस्रो भएको थियो । 

यस्तै प्रोजेक्ट प्रदर्शनीमा स्मार्ट होम अटोमेसन परियोजना विजेता र सीसीआरसी कलेजबाट आएको टिम उपविजेता बन्न सफल थियो । यस वर्ष इपेक्सको प्रि-ईभेन्टको रूपमा इलेक्ट्रोनिक्स वर्कशप, सर्किट डिजाइन प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो । साथै सो कार्यक्रममा इन्सिफिर वार्षिक म्यागजिन समेत सार्वजनिक भएको छ ।

यस वर्षको इपेक्स २ हजार बढीले अवलोकन गरेका थिए । सन् २०१२ देखि आयोजना हुँदै आएको इपेक्स यो दशौं संस्करण हो । कोरोना महामारीका कारण सन् २०२० र २१ मा भने आयोजना हुन सकेको थिएन ।