कीवर्डहरू -

च्याटजीपीटी चलाउन प्रयोग भएका इमेल आईडी ह्याकरहरूद्वारा सार्वजनिक

च्याटजीपीटी चलाउन प्रयोग भएका इमेल आईडी ह्याकरहरूद्वारा सार्वजनिक

च्याटजीपीटी चलाउन प्रयोग भएको इ–मेल आइडी ह्याकरहरूले सार्वजनिक गरेका छन् ।

इन्डियाना युनिभर्सिटी ब्लूमिङ्टनको अनुसन्धान टोलीले च्याटजीपीटीको सबैभन्दा शक्तिशाली मोडल जीपीटी ३.५ टरबोको बारेमा सुरक्षा चेतावनी जारी गर्दै च्याटजीपीटी प्रयोग गर्ने प्रयोगकर्ताको इमेल आइडी लिक भएको बताएको हो । 

ओपनएआइले यस प्रतिवेदनमा प्रतिक्रिया दिदै प्रयोगकर्ताहरूको गोपनीयता कायम राख्ने वाचा गरेको छ । यदि तपाई पनि च्याटजीपीटी प्रयोग गर्नुहुन्छ भने, यसको लागि नयाँ इ–मेल आईडी बनाउनु राम्रो हुन्छ । 

जीपीटी ३.५ टर्बोले व्यक्तिगत जानकारी सम्झन्छ । यसको गोपनीयता सुरक्षालाई बाइपास गर्न सकिन्छ । यो एआई मोडलले न्यूयोर्क टाइम्सका करिब ८० प्रतिशत कर्मचारीको कामको सही जानकारी दिएको छ । यस्तो अवस्थामा यसलाई निकै खतरनाक मानिन्छ ।