कीवर्डहरू -

म्यापिङ सागा आयोजना गर्दै आइटेक कर्णाली

म्यापिङ सागा आयोजना गर्दै आइटेक कर्णाली

आइटेक कर्णालीले म्यापिंग सागा :ओएसएम ट्रेनिंग एण्ड म्याराथन आयोजना गर्ने भएको छ । यो कार्यक्रम ओपन म्यापिंग हब एसिया प्यासिफिक, स्टार्ट नेटवर्क नेपाल र किरडार्कको सहकार्यमा आयोजना हुने भएको छ ।

यो कार्यक्रम श्रृङ्खलाबद्ध रुपमा आयोजना हुनेछ र यसको कुल तीन ओटा सेसन आयोजना हुनेछन् । पहिलो सेसन नोभेम्बर ८ मा दिउँसो १ः१५ देखि ५ बजे बेलुकासम्म सञ्चालन हुनेछ ।  

यसमा ओपन स्ट्रीट म्याप (ओएसएम) को परिचय, यसलाई प्रयोग गर्ने तरिका, ओएसएमको महत्वपूर्ण टूल आइडी एडिटरको बारेमा जानकारी तथा ओएसमएममा एडिटिंग तथा डेटा हाल्ने तरिकाको बारेमा सिकाइने छ । 

योसँगै सहभागीहरुले म्यापाथन एक्टिभीटीमा पनि सहभागी हुन् पाउनेछन् । यस्तै नोभेम्बर ८ कै सेसनमा एचओटी र ओपन म्यापिंग हब एसिया प्यासिफिकको बारेमा छलफल गरिनेछ । यसैगरी दोस्रो सेसन एडभान्स्ड ओएसएम म्यापिंग विषयमा ११ नोभेम्बर २०२३ मा १ः१५ देखि ५ बजे बेलुकासम्म आयोजना गरिनेछ ।

यस सेसनमा जाभा ओपन स्ट्रीट म्याप एडिटर (जेओएसएम) को परिचय, जेओएसएमलाई सेटअप र कन्फीगर गर्ने तरिका, ओएसमएम म्यापिंगमा डेटा क्वालिटीको महत्वजस्ता विषयमा छलफल गरिनेछ । यीबाहेक पनि थप अरु विभिन्न विषयहरुमा छलफल गरिनेछ ।