कीवर्डहरू -

फोनपेबाट बाहिरिए विश्वास ढकाल, नयाँ अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त

फोनपेबाट बाहिरिए विश्वास ढकाल, नयाँ अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त

फोनपेको अध्यक्षमा पूर्व बैंकर सशिन जोशी नियुक्त भएका छन् । फोनपेको अध्यक्ष पदबाट विश्वास ढकालले राजीनामा दिएसँगै स्वतन्त्र सञ्चालक समेत रहेका जोशीलाई नयाँ अध्यक्ष नियुक्त गरिएको हो । 

नवनियुक्त अध्यक्ष जोशीले बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहदुर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । 

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भइसकेका जोशीले एनआइसी एसिया बैंक र नबिल बैंकमा सीईओको रूपमा समेत काम गरिसकेका छन् ।

फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त संस्था हो । सन् २०१९ मा स्थापना भएको फोनपे नेटवर्कबाट मासिक अर्बौको कारोबार हुँदै आएको छ ।