कीवर्डहरू -

युट्युब शर्ट्समा पनि अब आफ्नो मनपर्ने कलाकारको गीत भिडियोमा राख्न सकिने

युट्युब शर्ट्समा पनि अब आफ्नो मनपर्ने कलाकारको गीत भिडियोमा राख्न सकिने

युट्युुबले हालसालै आफ्नो प्लेटफर्ममा सर्ट्स बनाउने भिडियो क्रियटरहरुका लागि रिमिक्स नामको नयाँ फिचर ल्याएको छ । यो सुविधामार्फत, प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने कलाकारहरूको संगीत भिडियोहरू सर्ट्समा राख्न सक्ने छन् । 

युनिभर्सल म्युजिक ग्रुपले टिकटक भिडियोहरूबाट टेलर स्विफ्ट र एरियाना ग्रान्डे जस्ता लोकप्रिय कलाकारहरूको क्याटलगसहित गीत र भिडियोहरू हटाएको थियो ।

युनिभर्सल म्युजिक ग्रुपले टिकटक विरुद्ध गरेको यो कारबाहीपछि युट्युब शर्ट्सका लागि रिमिक्स फिचर ल्याइएको छ । युट्युबको यो कदमले टिकटकमा छोटो भिडियो बनाउने लाखौं क्रिएटरहरू सर्टमा ट्रान्सफर हुन् सक्ने आशा गरिएको छ । 

युट्युबले एक ब्लग पोष्टमार्फत रिमिक्स प्लेटफर्ममा सर्ट्स सिर्जना गर्ने प्रयोगकर्ताहरूका लागि साउन्ड, ग्रीन स्क्रिन, कट र कोलाब – चार नयाँ टूूलहरु सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूले आफ्नो सर्टहरचनात्मक बनाउन यी टूलहरू प्रयोग गरेर उनीहरूको सर्टहरूमा संगीत भिडियोहरू थप्न सक्छन्।

शर्ट्समा उपलब्ध भएको ध्वनि सुविधामार्फत, प्रयोगकर्ताहरूले म्युजिक भिडियोबाट मात्र ध्वनि लिन र आफ्नो छोटो भिडियोका लागि प्रयोग गर्न सक्षम हुनेछन् । यस्तै ग्रिन स्क्रिनबाट सर्टको ब्याकग्राउन्डको रूपमा म्युजिक भिडियो प्रयोग गर्न सकिने छ भने कटबाट छ सेकेन्ड लामो क्लिपहरू काट्न र तिनीहरूलाई आफ्नो सर्ट्समा थप्न सकिने छ । 

यस बाहेक कोलाब सुविधामार्फत प्रयोगकर्ताहरूले म्यूजिक भिडियोहरूसँगै आफ्नै भिडियोहरू सिर्जना गर्न सक्ने छन् ।