कीवर्डहरू -

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपालमा सार्वजनिक

एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपालमा सार्वजनिक

एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुइवटा इन्भर्टर एक कार्यक्रमबिच एकैसाथ सार्वजनिक गरिएको हो । 

एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, एलइडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायतका रहेका छन् । 

यसैगरी एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलइडी इन्टरफेस, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायतका विशेषताहरू रहेका छन् । 

यस एक्साइड इन्भर्टर सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालि र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरू र एक्साइडका नेपालभरि रहेका डिलरहरूको उपस्थिति रहेको थियो ।