कीवर्डहरू -

रोगको उपचारका लागि एआईको उपयोग नगर्न विशेषज्ञको चेतावनी

रोगको उपचारका लागि एआईको उपयोग नगर्न विशेषज्ञको चेतावनी

च्याटजीपीटी जस्ता एआई टूलहरू ठूलो मात्रामा प्रयोग भइरहेका छन् । कोही नोट बनाउनको लागि गर्दैछन् भने कोही डाइट प्लान बनाउनका लागि गरिरहेका छन् । च्याटजीपीटी कस्टोमर सपोर्टमा सबैभन्दा धेरै प्रयोग भइरहेको छ, तर केहीले आफ्ना रोगका लागि पनि च्याटजीपीटीबाट सल्लाह लिइरहेका छन् । मानिसहरूले च्याटजीपीटी लाई आफ्नो रोग बताइरहेका छन् र त्यसपछि आएको सुझावको आधारमा औषधि लिइरहेका छन्, तर यो तपाईंको स्वास्थ्यको लागि धेरै खतरनाक हुन सक्छ । 

लङ आइल्याण्ड युनिभर्सिटीमा फार्मासिस्टहरूद्वारा गरिएको हालैको अध्ययन पछि औषधि–सम्बन्धित प्रश्नहरूको जवाफ दिन च्याटजीपीटीको प्रयोग छानबिनमा आएको छ। फार्मासिस्टहरूको अध्ययन अनुसार च्याटबोट, च्याटजीपीटीले औषधिसँग सम्बन्धित लगभग तीन–चौथाई प्रश्नहरूको गलत वा अपूर्ण जवाफहरू प्रदान गरेको छ ।

परीक्षाका क्रममा च्याटजीपीटीलाई स्वास्थ्यसँग सम्बन्धित ३९ प्रश्न सोधिएको थियो, जसमध्ये १० वटा मात्रै चित्तबुझ्दो जवाफ आएको थियो । बाँकी २९ औषधि–सम्बन्धित प्रतिक्रियाहरू गलत र अपूर्ण मानिएका थिए । अध्ययन पछि, च्याटजीपीटी को निः शुल्क संस्करण अझ खतरनाक छ भनेर बताइएको छ, किनकि यसमा सेप्टेम्बर २०२१ सम्मको मात्र जानकारी उपलब्ध छ ।

एक प्रश्नको जवाफमा च्याटजीपीटीले फाइजरको प्याक्सोलोभिड र ब्लड प्रेसर कम गर्ने औषधि भेरापामिललाई सँगै प्रयोग गर्दा कुनै समस्या नरहेको बताए, जबकि सत्यता के हो भने यी दुई औषधी सँगै खाँदा रक्तचापमा उल्लेख्य मात्रामा कमी आउन सक्छ र यसले बिरामीलाई सम्भावित जोखिम निम्त्याउन सक्छ ।