कीवर्डहरू -

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाली व्यवसायीले भारतिय वालेट बाट पनि भुक्तानी लिन सक्ने

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारतीय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका २० हजार  भन्दा बढि खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको छ।
 
खल्तीले, नेपालको भुक्तानी नेटवर्क फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भारतको नेशनल पेमेन्ट कर्पोरेशन एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएल) सँगको सहकार्यमा, दुई देश (नेपाल–भारत) बीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।
 
खल्तीको यस सुविधा अन्तर्गत भारतिय पर्यटकले अब फोन पे, बिएचआइएम यूपिआइ जस्ता एनपीसीआई अन्तरगत पर्ने वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्नसक्ने छन् ।

भारतिय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले साटही र कार्डको झनझटबाट बाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यू आर मार्फत भारतिय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृढ गर्न सक्नेछन् ।

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ ।  यो सुविधा तुरुन्तै संचालनमा ल्याउने र आफू सँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले  बताएको छ ।

साथै, अबको केहि दिनमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतिय बजारमा क्यु आर स्क्यान  गरि भुक्तानी गर्न  व्यवस्था ल्याउने कुरा खल्तीले  बताएको छ ।

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “आफू सँग आवद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तरदेशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा हामी निकै नै हर्षित छौँ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उदेश्यका साथ अगाडी बढि रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढि मर्चेन्ट व्यवसायीहरूलाई यस सुविधा प्रदान गर्न पाउँदा यस चरणलाई कोशेढुंगाको रूपमा लिएको छ । नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढावा दिने कुरामा हामी बिश्वस्त छौँ । ”