कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सकिने भएको छ ।
पेट्रोलबाट चल्ने मोटरसाइकल वा स्कुटर एफडी मोटर्सको विद्युतीय स्कुटरसँग साट्न सक्ने गरी कम्पनीले एक्सचेन्ज अफर ल्याएको हो ।
एफडी मोटर्सले नेपाली बजारमा एफ फाइभ, एफ फाइभ ए र एफ फाइभ ए प्रो उपलब्ध रहेका छन् ।
स्कुटरमा साइड ड्राइभ थ्रीके मोडल, १२० किलोमिटरसम्म रेन्ज, एलएफपी ब्याट्री, २०० एमएम ग्राउण्ड क्लियरेन्स, १४ र १६ इन्चको टायर, क्यान कम्युनिकेसन कन्ट्रोलर लगायतका सुविधा रहेका छन् ।
एक्सचेन्जको फाइदा एफडी मोटर्सका शोरूमहरू काठमाडौंको बत्तिसपुतली, ललितपुरको इमाडोल, सुनसरीको इटहरी र चितवनको भरतपुरबाट लिन सकिने छ ।