कीवर्डहरू -

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सारथी बनेको छ । 

तर के तपाईलाई थाहा छ, गुगल म्यापबाट हराएको फोन फिर्ता पाउन सकिन्छ । यदि तपाईले फोनमा लोकेसन शेयरिङ सेटिङ अन गर्नुभयो भने आफ्नो फोनको कहाँ छ भनेर पत्ता लगाउन सक्नुहुन्छ ।

यस्तो अवस्थामा कसैले तपाईको फोन चोर्यो भने चोरलाई पक्रन सजिलो हुन्छ । गूगल म्यापको सहयोगमा चोरको सही स्थान पत्ता लगाउन सकिन्छ ।

गुगल म्यापमा लोकेसन सेयरिङ सुविधा कसरी अन गर्ने ?

यसका लागि सबैभन्दा पहिले गुगल म्याप खोल्नुहोस् । यसपछि आफ्नो प्रोफाइल आइकनमा जानुहोस् । 

यसपछि उपलब्ध विकल्पहरू खोल्न  प्रोफाइललाई ट्याप गर्नुहोस् र त्यसपछि लोकेसन सेयरिंगमा ट्याप गर्नुहोस् ।

तपाईंलाई धेरै व्यक्तिहरूसँग आफ्नो लोकेसन सेयर गर्ने विकल्प दिइनेछ । यसपछि प्रयोगकर्ताले आफूले चाहेको समयसम्म लोकेशन सेयर गर्न सक्छन् ।

यसपछि तपाईंले सेयरमा ट्याप गर्नुपर्नेछ । यसरी तपाईले गूगल म्यापमा लोकेशन सेयर गर्न सक्नुहुनेछ । यस्तो अवस्थामा शेयर गरेको लोकेसनबाट हराएको डिभाइस कहाँ छ भनेर खोज्न सकिने छ ।

गुगल म्यापमार्फत लोकेसन, नाम, फोटो र डिभाइसको ब्याट्रीको शक्ति र स्थानमा पुग्ने र छोड्ने समय पनि शेयर गर्न सकिन्छ ।