कीवर्डहरू -

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा मनिमित्रलाई यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको हो । 

आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टमध्येबाट सबैभन्दा धेरै भोट ल्याएर मनिमित्र सफल भएको थियो । सोही अनुसार मनिमित्रलाई पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ दिइएको हो । 

मनिमित्र सम्पूर्ण वित्तीय ज्ञान प्रदान गर्ने उद्देश्यले आईडियाप्रेनर नेपाल प्रालिले तयार पारेको प्लेटफर्म हो । फाइनान्सियल सुपर एपको रूपमा अडि बढेको मनिमित्रमा गुरूमन्त्र, ब्रोकर चिरफार, वृद्धि, आइडियाप्रेनर ज्ञान र आइडियाप्रेनर कोर्ष गरी ५ प्रकारका सुविधा उपलब्ध छन् ।

मनिमित्र मोबाइल एप र वेबसाइटबाट प्रयोग गर्न सकिन्छ । मनिमित्र निःशुल्क र सःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ । निःशुल्क रूपमा सिमित सुविधा मात्रै उपलब्ध छन् भने शुल्क तिरेर आवश्यकता अनुसार थप सुविधा प्रयोग गर्न मिल्छ । हाल मनिमित्र ३६ हजार बढीले प्रयोग गरिरहेका छन् ।