कीवर्डहरू -

कोरियाबाट फोनमनी प्रयोग गरेर नेपाल पैसा पठाउँदा १ करोड कोरियन वन जित्ने मौेका

कोरियाबाट फोनमनी प्रयोग गरेर नेपाल पैसा पठाउँदा  १ करोड कोरियन वन जित्ने मौेका

फोनमनीले ‘फोनमनी साथमा, १ करोड हातमा’ योजना सार्वजनिक गरेको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले उत्साहका नयाँ योजना सुरू गरेको हो । 

यो योजना जुलाई २१ देखि जनवरी १, २०२५ सम्म सञ्चालन हुनेछ । कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले फोनमनी एपमार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्नेछन् । 
यस अनुसार अनुसार सहभागीहरूले हरेक हप्ता आफ्नो पठाएको रकम दोब्बर गर्ने मौका पाउने छन् । साथै, योजनाको अन्त्यमा, एक भाग्यशाली विजेताले १ करोड कोरियन वन अर्थात करिब १० लाख नेपाली रुपैयाँको बम्पर पुरस्कार पनि जित्नेछन्।  

यस योजनामा सहभागी हुनको लागि फोनमनी एप प्रयोग गरी नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउनु पर्नेछ । फोनमनीमार्फत हरेक ट्रान्सफरमा शुन्य प्रतिशत सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध हुने दाबी गरिएको छ ।

फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

फोनमनी कोरियामा रहेका नेपालीहरूको लागि डिजिटल रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । हरेक ट्रान्सफरमा शुन्य सेवा शुल्क, उत्कृष्ट दर र विभिन्न ट्रान्सफर माध्यमहरू (इसेवा, बैंक र नगद) बाट नेपालमा पैसा सहज, सुरक्षित, र किफायती तरिकाबाट पठाउन सकिने छ ।