कीवर्डहरू -

खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा

खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । 

७६० रूपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५ लाख ३० हजार रूपैयाँसम्मको स्वास्थ्य, दुर्घटना  र जीवन बिमा साथै १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् ।

१८ वर्ष देखि ६० वर्षसम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन् । सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले जीवन बिमा स्वरूप २ लाख ५० हजार, गम्भिर बिमारीको उपचार खर्च स्वरूप ५० हजार रूपैयाँ र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप २ लाख ३० हजार रूपैयँसम्म २ दाबि गरि कूल ५ लाख ३० हजार रूपैयाँसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन्।

यस लगायत प्रयोगकर्ताहरूले  ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत १ लाख ५० हजार रूपैयाँको आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरूको लाभ उठाउन सक्नेछन् । 

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हालको समयमा बीमा सुबिधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतिका कारण धेरै प्रयोगकर्ताहरू आफ्नो स्वस्थ सुरक्षाबाट बन्चित रहेको अवस्थामा हामीले  मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘सुरक्षा प्लस’ नामक बजेट फ्रेन्ड्ली  स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएको बताए ।

 आर्थिक अभावका कारण आफ्नो स्वस्थ सुरक्षाबाट कोहि पनि बन्चित नहुन् भन्ने उदेश्यका साथ खल्ती सुरक्षा प्लस योजना उपलब्ध गराएको जानकारी दिए । यसअघि खल्तीले ‘खल्ती सुरक्षा’ नामक स्वास्थ्य सेवाको सब्स्क्रिब्सन समेत उपलब्ध गराउँदै आईरहेको थियो।

बार्षिक ३६० रूपैयाँमा उपलब्ध उक्त प्याकेजमा भने २.३ लाखसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै १.५ लाखको विभिन्न हेल्थ केयर फाइदा उपलब्ध छ ।