कीवर्डहरू -

आईप्याड ओएस १८ अपडेट डिभाइस नै नचल्ने समस्या

आईप्याड ओएस १८ अपडेट डिभाइस नै नचल्ने समस्या

एप्पलले हालै आईप्याड ओएस १८ सार्वजनिक गरेको थियो । तर यसलाई आइप्याडमा इन्स्टल गर्ने प्रयोगकर्ताले बगको समस्या सामना गर्नुपरेको छ । एप्पलले आफैं यसको पुष्टि गरेको छ ।

एम४ चिपसेट प्रयोग गरिएको सबै आईप्याडमा आईप्याड ओएस १८ को अपडेटमा एउटा बग देखिएको एप्पलले जनाएको छ । हाल एप्पलले यो अपडेटलाई रोकिदिएको छ । त्यसैले यदी तपाईले आईप्याड ओएस १८ अपडेट गर्नु भएको छैन् भने केही समय अपडेट नगर्दा हुन्छ । 

आईप्याड ओएस १८ ले गर्दा प्रयोगकर्ताहरूले फ्रोजन स्क्रिन, इन्टरफेस अड्किनु, र सम्पूर्ण प्रणाली फेल भएको दाबी गरेका छन् । आईप्याड ओएस १८ अपडेटपछि आफ्नो आइप्याड प्रयोग गर्न नसकेको प्रयोगकर्ताको गुनासो छ ।

यसबाट धेरै आईप्याड प्रयोगकर्ता प्रभावित भएका छन् । चाँडै यस बगलाई फिक्स गर्न नयाँ अपडेट जारी गर्ने एप्पलले जनाएको छ ।