कीवर्डहरू -

एक्सप्रेस टी ट्याक्सी खरिद गर्ने चालकहरूलाई पठाओमा निःशुल्क दर्ता सुविधा

एक्सप्रेस टी ट्याक्सी खरिद गर्ने चालकहरूलाई पठाओमा निःशुल्क दर्ता सुविधा

सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार यसै श्रावण मसान्तसम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूले पठाओमा निःशुल्क दर्ता गर्न पाउनेछन् ।

पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवा अन्तर्गत सबै विद्युतीय गाडीहरू रहेका छन् ।

यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्ने कम्पनीले जनाएको छ ।