कीवर्डहरू -

सामसङका यी डिभाइसमा उपलब्ध हुँदै ग्यालेक्सी एआई फिचर

सामसङका यी डिभाइसमा उपलब्ध हुँदै ग्यालेक्सी एआई फिचर

सामसङले आफ्नो ग्राण्ड ग्यालेक्सी अनप्याक्ड इभेन्टमा अत्याधुनिक सुविधासहितको एआई फिचरसहित नयाँ स्मार्टफोन सिरिज अर्थात् ग्यालेक्सी एस २४ सार्वजनिक गरेको छ । 

ग्राहकहरूलाई ग्यालेक्सी एआई सुविधाहरूको साथ नवीनतम वान यूआई ६.१ अपडेट दिइनेछ । यो सुविधा पुराना ग्यालेक्सी एस सिरिज र ग्यालेक्सी जेड सिरिजका केही स्मार्टफोनमा पनि यो एआई फिचर हुनेछ ।

एन्ड्रोइड अथोरिटीको नयाँ रिपोटका अनुसार सामसङले केही पुराना उपकरणहरूमा एआई सुविधाहरूको रोल आउट गर्ने जनाएको छ ।

यो सूचीमा ग्यालेक्सी एस २३ श्रृंखला,  ग्यालेक्सी एस २३ एफइ, ग्यालेक्सी जेड फोल्ड फाइभ र फ्ल्पि ५ र ग्यालेक्सी ट्याब एस ९ श्रृंखला समावेश छन् । यस उपकरणले वान यूआई अपडेट मार्फत केही ग्यालेक्सी एआई सुविधाहरू प्राप्त गर्नेछ ।