गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेसमा आवद्ध भई थ्रीडी सेक्युर एसीएससेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।
उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ ।
बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ईएफटी सेवा अन्तर्गत एससीएसका साथै विभिन्न नेटवर्क स्किमको कार्ड जारी गर्ने, कारोबार अक्वायर गर्ने, कारोबार प्रोसेसिङ तथा सेटलमेन्ट ई-कर्मस पेमेन्ट गेटवे, कार्ड पर्सनलाइजेसन जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको छ ।
एनसीएचएलले उक्त प्रणालीमा नेपाल पे कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ ।
हाल एससीएचएलको ईएफटी सर्भिसेस अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
नेपालको अग्रणी विकास बैंकहरु मध्य गरिमा विकास बैंकको १ लाख ७५ हजार भन्दा बढि कार्डहरु तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढि कार्डहरु तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरुलाई सेवा दिँदै आएका छन् ।