गुगलले आफ्नो जेमिनाई एआई मोडेलको अत्याधुनिक संस्करण जेमिनाई २.० प्रस्तुत गरेको छ ।
यो मोडेल पहिलेभन्दा अझ राम्रो क्षमता र नयाँ सुविधाहरू सहित आएको छ, जसमा इमेज जेनेरेशन र अडियो जेनेरेशनको सपोर्ट पनि समावेश छ ।
हाल यो मोडेल केही डेभलपर्स र टेस्टर्सका लागि बेटा संस्करणमा उपलब्ध छ । यस्तै, जेमिनाई २.० फ्ल्यास एआई मोडेल सबै प्रयोगकर्ताहरूका लागि गुगलका वेब र मोबाइल एप्लिकसेनमा उपलब्ध गराइएको छ ।
जेमिनाई २.० का विशेषताहरू
– अपग्रेडेड बहुआयामिक मल्टिमोडल आउटपुटः जेमिनाई २.० फ्ल्यास एआई मोडेल अब इमेज जेनेरेशन र स्टोरेबल टेक्स्ट–टु–स्पीच – टिटिएस बहुआयामिक अडियोलाई समर्थन गर्दछ । यसले प्रयोगकर्ता–परिभाषित एपीआईमार्फत गुगल सर्च र कोड–एक्जिक्युसन टुल्स जस्ता उपकरणहरूलाई स्वचालित रूपमा कल गर्न सक्छ ।
– जटिल कार्यका लागि उपयुक्त छैन, तर छिटो र प्रभावकारीः फ्ल्यास मोडेलमा तुलनात्मक रूपमा कम प्यारामिटरहरू हुन्छन्, तर यसले कम लेटेन्सी र उच्च दक्षता प्रदान गर्छ । ठूला र जटिल समस्याहरूका लागि जेमिनाई २.० का अन्य संस्करणहरू चाँडै उपलब्ध गराइनेछन् ।
बेंचमार्क प्रदर्शन
गुगलको परीक्षणअनुसार, जेमिनाई २.० फ्ल्यासले म्यासिभ मल्टिटास्क ल्याङ्ग्वेज अन्डरस्ट्यान्डिङ, नेचुरल२कोड, गणित र स्नातक स्तरको गुगल–प्रूफ प्रश्नोत्तर जस्ता मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ । यो जेमिनाई १.५ प्रो मोडेलभन्दा पनि बढी प्रभावकारी प्रमाणित भएको छ ।
प्रयोगकर्ताहरूले यो मोडेललाई गुगलको एआई स्टुडियो र भर्टेक्स एआई मार्फत एपीआई प्रयोग गरेर पहुँच गर्न सक्छन् । हालका लागि टेक्स्ट–टु–स्पीच क्षमताहरू केवल गुगलका प्रारम्भिक पहुँच साझेदारहरूको लागि उपलब्ध छन् ।
जेमिनाई २.० फ्ल्यास प्रयोगकर्ताहरूलाई वेब र मोबाइल इन्टरफेसमा मोडेल चयन विकल्पमार्फत पहुँच गर्न विकल्प दिन्छ । गुगलले जनाएको छ कि चाँडै यसको ठूला संस्करणहरू आफ्ना अन्य उत्पादनहरूमा पनि समावेश गरिनेछन् ।