कीवर्डहरू -

नयाँ प्रविधिमा युवतीहरूको पहुँच बढाउँदै ‘गर्ल्स इन आइसिटी नेपाल’, सुर्खेत र इटहरीमा तीनदिने तालिम सम्पन्न

नयाँ प्रविधिमा युवतीहरूको पहुँच बढाउँदै ‘गर्ल्स इन आइसिटी नेपाल’, सुर्खेत र इटहरीमा तीनदिने तालिम सम्पन्न
इटहरीको कार्यक्रम

नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु) को सहकार्यमा ‘गर्ल्स इन आइसिटी नेपाल’ अन्तर्गत कर्णाली प्रदेशको सुर्खेत र कोशी प्रदेशको इटहरीमा युवतीहरूका लागि इमर्जिङ प्रविधि सम्बन्धि तीन दिने कार्यक्रम सम्पन्न भएको छ । 

१८ देखि २४ वर्षसम्मका युवतीहरूलाई लक्षित गर्दै साउन ७ गतेदेखि साउन ९ गतेसम्म सुर्खेतको कौशिल इभेन्ट भेन्यु र इटहरीको रोयल रिसोर्टमा आयोजना भएको कार्यक्रममा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । 

‘Skill Building on Emerging Technologies’ शीर्षकमा सञ्चालन भएको तालिममा इटहरीमा १०० भन्दा बढी र सुर्खेतमा ७० भन्दा बढी युवतीहरूको सक्रिय सहभागिता रहेको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । 

तीनदिने कार्यक्रममा विभिन्न शत्रमा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय वक्ताको समेत सहभागीता रहेको थियो । तीनदिनसम्म सहभागी युवतीहरूलाई आइसिटी इकोसिस्टम, नीति, पूर्वाधार, जनशक्ति, लैङ्गीक समानता, करियर र अवसर, एआई, साइबर सेक्युरिटी लगायतका विषयमा प्यानल छलफल र विभिन्न शत्रहरू सञ्चालन गरिएको थियो । 

कार्यक्रमको उद्घाटन शत्रमा इटहरीमा कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राई तथा सुर्खेतमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीको उपस्थिति रहेको थियो । 

यस्तै इटहरीमा वक्ताको रूपमा गर्ल्स इन आइसिटी नेपालकी संयोजक रोजा किरण बासुकला, प्राधिकरणका सहायक निर्देशक ओमप्रकाश महत्तो, ई-गभर्नेन्स विज्ञ कृष्ण कुमार मन्डल, आईटी इन्जिनियर अर्चना कर्ण, नेपाल टेलिकमकी वरिष्ठ इन्जिनियर प्रोमिशा कर्ण, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीकी रोजिना दाहाल, नेपाल टेलिकमका निर्देशक विमलेश झा, पूर्वाञ्चल क्याम्पसका तन्त्रनाथ झा रहेका थिए । 

कार्यक्रममा अन्तर्राष्ट्रिय विज्ञ वक्ताको रूपमा भारतको आरनेष्ट एण्ड योङका वरिष्ठ परामर्शदाता अभिमन्यु सिंह र आईटीयुकी क्रस थिम्याटिक कार्यक्रम अधिकृत क्यारोलिन ट्रोइन सहभागी भएका थिए । 

त्यसैगरी सुर्खेतमा वक्ताको रूपमा नेपाल टेलिकम कर्णाली प्रदेशका निर्देशक डा. कमल लामिछाने, नेपाल टेलिकमकी वरिष्ठ इन्जिनियर सुष्मा गौतम, क्यान महासंघका सचिव रामकृष्ण रावल, मध्यपश्चिम विश्वविद्यालयका लेक्चर धीरेन्द्र कुमार यादव, प्राधिकरणका सहायक निर्देशक कैलाश कार्की, एभरेष्ट नेटका अफ्ताब अन्सारी, मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन डा. राजन सुवाल, एनसेलका वरिष्ठ इन्जिनियर सुरज रजक थिए । 

साथै अन्तर्राष्ट्रिय वक्ताको रूपमा एआई विज्ञ तथा ब्लुस्याफरिन – नेक्स्टजेन एआई एसआईईएमका प्रमुख सल्लाहकार भट डिट्टाकवी रहेका थिए । 

null

कार्यक्रमको दोस्रो दिन इटहरी र सुर्खेत दुवै स्थानमा प्रयोगात्मक शत्रहरू सञ्चालन गरिएको थियो । यस अन्तर्गत एआई टुल्स कसरी प्रयोग गर्ने ? प्रम्प्ट कसरी लेख्ने ? साइबर दुनियाँमा कसरी सुरक्षित रहने ? अनलाइनमा के गर्ने ? के नगर्ने ? जस्ता विषयमा समेत प्रशिक्षण दिइएको थियो । 

इमर्जिङ प्रविधि सम्बन्धि तालिममा सहभागीहरूले आफूहरूलाई नयाँ प्रविधि बुझ्न मात्र नभई नयाँ सिकाइ दान गरेको बताएका थिए । 

आइसिटीमा करियर बनाउने युवतीहरूका लागि यो कार्यक्रम निकै उपयोगी भएको बताउँदै सहभागीहरूले आगामी दिनमा पनि काठमाडौंभन्दा बाहिर यस्ता तालिम, वर्कशप र कार्यक्रम आयोजना हुनुपर्नेमा जोड दिएका थिए । 

सुर्खेतको कार्यक्रम

कार्यक्रमको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । इटहरीको समापन शत्रमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रवती रमण भण्डारीको सहभागीता रहेको थियो भने सुर्खेतमा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाही र मुख्यमन्त्री कार्यालयका सुर्यमणी गौतमको उपस्थिति रहेको थियो । 

यस्ता कार्यक्रमले प्रविधिमा लैङ्गिक समानता, युवा समावेशीकरण र डिजिटल समावेशी समाज निर्माणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ । 

null